काठमाडौं । मंगलबार झिनो अंकले बढेको शेयर बजार आज ५.५८ अंकले घटेको छ ।
आज ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँ बराबरको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७३३ पटक किनबेच भएको छ ।
बुधबार ३०६ कम्पनीको शेयर किनबेच हुँदा ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले, फ्लोट इन्डेक्स ०.४८ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अंकले घटेको छ ।