काठमाडौं । मंगलबार नेपाली बजारमा सुन मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँ कारोबार भइरहेको छ ।