काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य एक तोलामा नै २७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको एक लाख ४२ हजारमा कारोबार भइरहेको जनाएको छ।
यस्तै आज तेजाबी सुन एक लाख ४१ हजार तीन सयमा किनबेच भइरहेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ घटेको छ। शुक्रबार एक हजार आठसय ६५ रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज घटेर एक हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।