काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले यस्तो आदेश दिएको हो।
प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइपछि न्यायाधीश मुसलमानको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका विपक्षीविरुद्ध कारण देखाऊ आदेश पनि जारी गरेका छन् । सर्वोच्चको यो आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णय तत्काललाई रोकिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले गत शुक्रबार सबै प्रक्रिया रद्द गरेको जनाएको थियो ।