काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार कम्पनीको सम्पन्न २३औँ र २४औँ वार्षिक साधारण सभाले यो नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईका तर्फबाट प्रस्तुत भएका आव२०७८/०७९ र आव २०७९/०८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरी पारित भएको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८.०७९ र आव२०७९/०८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ ।