काठमाडौं । नागरिक लगानी कोषले २९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सोमबार सम्पन्न सभाले १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँट हिसाव विवरणमा छुट्याएर १४ प्रतिशत बोनस शेयर र ०.७३ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।
सभाले आव २०७९र८० को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले वित्तीय बजार र पूँजीबजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए ।
उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरे
साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कम्पनीको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीले २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।


