काठमाडौं आज नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन तोलामा ११ सयले बढेको जनाएको छ । आज सुन प्रतितोला एक लाख ४७ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस अघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


