काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आफ्ना माग सम्बोधन नभएको बताएका छन्।
अटोमोवाइल क्षेत्रमा आर्थिक सुस्ततासंगै अटो अटोमोवाइल क्षेत्र मैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहदा समग्र अटोमोवाइल बजारमा ६८ प्रतिशतसम्म गिरावट आएको बताएको छ।
अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्दछ जसमा आईस, पार्ट्स, लुब्रिकेन्ट्स र टायर क्षेत्रलाई समेट्न आग्रह गरेको छ।
‘मौद्रक नीतिले नाडाको कुनै पनि सुझावहरुलाई सम्बोधन गर्न नसकेको मात्र होइन पुरै वेवास्ता गरिएको छ,’ नाडाले भनेको छ,‘यस्तो किसिमको वेवास्ताले एकातर्फ नेपालका सम्पूर्ण अटोमोवाइल व्यवसायीहरुले ऋण भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न हुने र सवै व्यवसायीहरु कालोसुचीमा पर्ने देखिएको छ।’


