काठमाडौं । प्रमुख दुई पार्टीहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बन्ने भएपछि शेयर बजारमा उछाल आएको छ । कारोबार खुलेको केही समयपछि नेप्से ८२.४८ बढेको छ ।
सरकारसँगै अर्थमन्त्री वर्षमान पुन परिवर्तन हुने भएपछि शेयर बजारमा चार प्रतिशतले वृद्धि हुँदा बजार २० मिनेटका लागि कारोबार बन्द भएको छ ।
मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।


