काठमाडौं । केही दिनदेखि लगातार उकालो चढेको शेयर बजार विहीबार पनि उच्च अंकले बृद्धि भएको छ । आज नेप्से ६० अंकले बढेको हो ।आज १५ अर्ब रकम बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो ।
कारोबारसँगै परिसूचक नेप्से ५९.६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २४२४ अंकमा कायम भएको छ ।


