काठमाडौं । कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । यसैगरी कोशी प्रदेशले पनि आदिवासी जनजाति दिवसको अवसरमा बिदा दिएको छ ।
यसैगरी कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।
कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।