काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ।
विहीबार भएको उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा।लि। तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा।लि।का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरु दिपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ। दिपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको छ र उक्त कम्पनीले नामी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरुवात गरिसकेको छ।


