काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय सरकारले निजी क्षेत्रको भूमिका संकुचित बनाउने गरी कानुनहरु निर्माण गरिरहेको गुनासो गरेका छन्।
आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिलाई सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो गुनासो गरेका हुन्।
अध्यक्ष ढकालले निजिक्षेत्रसँग सम्बन्धित कानुनहरु बनाउँदा सरकारले निजीक्षेत्रको भूमिका र लगानी संकुचित गर्न खाजेको उल्लेख गरे।
उनले सरकारले निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्नेगरी ऐन कानुुनहरु बनाउन जरुरी रहेको बताए।


