काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले जलविद्युतमा विदेशी लगानी ल्याउने वातावरण तयार गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
मन्त्री पौडेलले बुधबार ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित ‘अनलकिङ इन्भेस्टमेन्ट’ कार्यक्रममा नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने बताएका हुन् ।
ऊर्जा उत्पादन र निर्यातभन्दा पनि ऊर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने पौडेलको सुझाव छ ।
नेपालको अधिकतम उत्पादन स्वदेशमै खपत हुने गरी ठुल्ठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले लिने पनि पौडेलले बताए ।


