काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा ढिलाइ नभएको प्रस्ट पारेको छ।
हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वभाविक ढिलाइ भएको भन्ने ढंगले प्रकाशित कतिपय समाचारप्रति मन्त्री पाण्डेको गम्भीर ध्यानाकषर्ण भएको जनाउँदै
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको सचिवालले यस्तो दाबी गरेको हो।
बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका( ७ सूर्यचौरमा दिउँसो पाँचजना सवार एयर डाइनेष्टिको एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो। दुर्घटनामा एक नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको थियो।
‘


