काठमाडौं । विहीबार नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै आज छापावाल सुन १ तोला किन्न ग्राहकले १ लाख ४६ हजार ६ सय रुपैयाँ तिर्नुपर्नेछ। अघिल्लो दिन १ लाख ४६ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने घटेको छ। २० रुपैयाँले सस्तो भएको चाँदी आज १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको छ।


