काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
आज एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ भने एक युरोको खरिद दर १४८ रुपैयाँ ५८ पैसा र बिक्री दर १४९ रुपैयाँ २५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६६ पैसा र बिक्री दर १७७ रुपैयाँ ४५ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


