काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयर बजार विहीबार भने झिनो अंकले घटेको छ । आज नेप्से ५.२९ अंकले घटेको हो । विहीबार करिब पौने २२ अर्बको कारोबार भएको छ ।
बिहीबार प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूहको शेयर घटेको छ । उक्त समूहको शेयर ३.५७ प्रतिशतले घटेर ३६४५.८४ विन्दुमा पुगेको छ ।
प्रतिशतको आधारमा लाइफ इन्स्वरेन्सको शेयर मूल्य बढेको छ । उक्त समूह ३.६९ प्रतिशत अर्थात ४७४.७२ अंकले बढेर १३३०७.४७ बिन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम हाइड्रो समूहको बढेको छ ।


