काठमाडौं । एचआरडी कोरियाले कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ ।
६६ हजार ३२६ जनाले परीक्षा दिएकोमा ८ हजार ९६५ जना उत्तीर्ण भएका छन् । जुन १३.५ प्रतिशत मात्रै हो । उनीहरुको सूची एचआरडी कोरियाले सोमबार वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको छ ।
परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ ।


