काठमाडौं । सुनचाँदी तथा रत्न आभूषण व्यवसायीले अर्थमन्त्री विष्णु पौडेललाई सुनचाँदीको भन्सार दर घटाउन आग्रह गरेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीले अर्थमन्त्रीलाई भेटेर यस्तो आग्रह गरेको हो ।
भेटमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा सुनचाँदीको भन्सारदर २० प्रतिशतबाट घटाएर ६ प्रतिशत कायम गरिएको,
छलफलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदी व्यवसायको समस्या समाधानका लागि सरकार तयार रहेको बताए ।


