काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेको छ ।
आज पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । अपर स्यांगे हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ ।