काठमाडौं । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच रेमिटेन्स आदान प्रदानका लागि रणनीतिक साझेदारीपत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी उपस्थित थिए ।