काठमाडौं । मंगलबार नेप्से १३.०९ अंकले घटेको छ
आज १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।
आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कारोबारका आधारमा हाइड्रो इलेक्ट्रिसीटी इनभेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी २९ करोड ८१ लाख ५४ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।