काठमाडौं । बुधबार पनि सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज ३२० स्क्रिप्सको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँमा खरिदबिक्री भए।
यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्था,रावा इनर्जी डेभलपमेन्ट,भूगोल डेभलपमेन्ट कम्पनीको सेयर ७/७ प्रतिशतले बढ्दा सुपर माइ हाइड्रोपावरको सेयर ६.०२ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० अर्ब ८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।