काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३१ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार सभा असोज २३ गतेका दिन अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा बस्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने १८ दशमलव ३८११ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ता पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८९।०८० को वार्षिक प्रतिवेदनमाथी छलफेल गरी पारित गर्ने भएको छ ।
त्यस्तै, साविक रिलायन्स लाइफ र सानिमा को आव २०७९।०८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्ताव समेत सभाले पारित गर्ने भएको छ ।


