काठमाडौं ।शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेर एक हजार ७९५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।