काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
यसअघिको उच्च मूल्य सोमबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, गएको आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।