काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ भने एक युरोको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।


