काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ भने एक यूरोको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यसैगरी आज एक स्ट्रलिङको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ १७ र बिक्रीदर १०३ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।


