काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँ घटेको छ । आज प्रतितोला सुन एक लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।
गत शुक्रबार एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि घटेर कारोबार भएको छ । आज चाँदी ४५ रुपैयाँ घटेर एक हजार ७५० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।


