काठमाडौं । बुधबार उच्च अंकले घटेको शेयर बजार विहीबार पनि ओरालो लागेको छ । आज शेयर मापक परिसूचक नेप्से १२ दशमलव १० अंकले घटेर २७२७ दशमलव ३६ को विन्दुमा पुगेको छ ।
बिहीबार ३१६ कम्पनीको १ लाख १२ हजार ६ सय १२ पटकको कारोबारमा २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर खरिद बिक्रीबाट ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको हो ।
१०२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ । आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार गर्नेमा नेपाल फाइनान्स लिमिटेड रहेको छ ।


