काठमाडौं । माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत असार मसान्तसम्मको चुक्तापुँजीको १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश करसहित हुने कम्पनीले जनाएको छ । उक्त लाभांश कम्पीको १३औँ वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्ने छन् । तर, साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्ने छन् ।
कम्पनीले असोज १४ गते साधारण सभा गर्ने घोषणा गरेको छ । उक्त साधारण सभा प्रयोजनका लागि भदौ ३१ गते एकदिन बुक क्लोज गरिएको छ ।


