काठमाडौं । आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विभागले जनाएको छ ।
हाल (बुधबार बिहान) कोसी, मधेस, गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोसी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।


