काठमाडौं । मंगलबार उच्च अंकले बढेको शेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । आज शेयर परिसूचक (नेप्से) मा १४.४३ अंकले गिरावट आएको हो ।
यस दिन कारोबार रकममा भने कमी आएको छ । आज पाँच अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर खरिद/बिक्री भएको छ ।
७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।
भोलि (बिहीबार) देखि यही कात्तिक १९ गतेसम्म सेयर बजार तिहार बिदा छ । अब बजार एकैपटक कात्तिक २० गते मंगलबार खुल्नेछ ।