काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार यस्तो मूल्य १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको थियो । आजका लागि निर्धारित मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रुपैयाँ तोकिएको छ ।


