काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा नाफा १८.९४ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्षको सोही अवधिमा बैंकले ९६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानी भने १५.२४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ब्याज आम्दानीबाट पाँच अर्ब ९१ करोड चार लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ब्याज आम्दानीबापत ६ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो ।
बैंकले तीन महिनाको अवधिमा दुई खर्ब ४६ अर्ब ५५ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ६ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।


