काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आज निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डल खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ भने एक युरोको खरिददर १४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसैगरी बुधबारका लागि एक पाउण्ड स्ट्रलिङको खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९० पैसा र बिक्रीदर आठ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा रहेको छ ।


