काठमाडौं । नेपाली बजारमा विहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो १ हजार ३ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको थियो। हिजोको मूल्यमा थप ६ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।
चाँदीको मूल्य भने आज बढेको छैन। आज पनि चाँदी हिजोकै मूल्य १ हजार ९ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।


