काठमाडौं । आवाज आर्ट क्रिएशन प्रालिले निर्माण गरेको शैक्षिक चलचित्र कालोपाटी निर्माण गरिएको सात बर्षपछि युटुबमार्फत सार्वजनिक गरेको
छ । । उक्त चलचित्रमा हरेक मानिसहरुमा फरक फरक क्षमता रुचि चाहना हुन्छ भन्ने कुरा दर्शाइएको छ । यसैगरी यसमा मुख्य गरी विद्यार्थीहरु कोही पढाइमा अब्बल हुन्छन् भने कोही खेलकुदमा हुनसक्छन् कोही साहित्य, गित संगितमा त्यहीँ फरक क्षमता रुचिलाई मध्यनजर गर्दै शिक्षण किर्याकलापमा पनि सुधार गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
विद्यालयहरुमा पुराना शिक्षक र केही नयाँ गरौ भन्ने सोचले शिक्षण पेशामा लागेका शिक्षकहरु विच ठुलो खाडल छ । जसलाई पुर्न सकिएन भने त्यसले झन ठुलो समस्या ल्याउने कुराहरुलाई नकार्न सकिदैन । यि र यस्तै विषय बस्तुहरुलाइ समेटेर चलचित्र कालोपाटी निर्माण गरिएको परिकल्पनाकार धितालले जानकारी दिए । यस चलचित्रको समुदाय, विद्यालयहरुमा प्रदर्शनिले शिक्षक ,अभिभावक विद्यार्थीहरुमा सकरात्मक उर्जा जाने र शैक्षिक प्रणाली सुधारमा कोशेढुङा सावित हुने आशा लेखक नवराज गजुरेलको रहेको छ ।
सात बर्ष अगाडि निर्माण गर्दा फिल्ममा केही समस्याहरु रहेको स्विकार्दै विषयबस्तुको उठान राम्रो भएको निर्माण पक्षको दावी छ चलचित्रको मुख्य भुमिकामा रोजिना ढकाल,जनक घिमिरे प्रज्ञान वजगाँई नवराज गजुरेल ,रोहित कार्की ,गिता थापा लगायत कलाकारहरुको अभिनय रहेको चलचित्रको निर्देशन दिपक घिमिरेले गरेका छन् ।