काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा आज बसेको बैठकले राजस्व चुहावटलाई नियन्त्रण गर्न दुई वटा अनुगमन टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख संयोजक रहनेगरी दुई वटा अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो।
अनुगमन टोलीमा सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षकहरू सदस्य रहनेछन्। अनुगमन टोलीले राजश्व चुहावटको जोखिम भएका क्षेत्र र स्थान पहिचान गरी निगरानी बढाउने, अनुगमन गर्ने र नियन्त्रणका लागि आवश्यक कदम चाल्ने छ। दुवै अनुगमन टोलीले आ-आफ्नो मन्त्रालयमा नियमित प्रतिवेदन पेस गर्नुपर्ने बैठकले निर्णय गरेको हो।


