काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । उसले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एफपीओ बाँडफाँट गरेको हो ।
एफपीओमा रितपूर्वक आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ थियो । ती आवेदकमध्ये ३५ हजार ९० जनाले एफपीओ पाएका छन् । ३५ हजार ८४ जनालाई १० कित्ताका दरले र बाँकी ४ जनालाई ११ कित्ताका दरले सेयर प्रदान गरिएको क्यापिटलले जनाएको छ ।
एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०।५२ प्रतिशत र संस्थापक हिस्सा ६९।४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ ।


