काठमाडौं । मंगलबारदेखि बढेको शेयर बजार बुधबार पनि उच्च अंकले बढेको छ । आज नेप्से ३८.८१ अंकले बढेको हो
आज ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विशाल बजार,कर्णाली डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक,मानुसी लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो।


