काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट प्राप्त २१ अर्ब २३ करोड बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार गरेको छ । यस सम्बन्धमा हिजो सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा हस्ताक्षर भएको हो ।
एडिबीले यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना ९मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट(एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा दुई अर्ब ९१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ । त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि १ अर्ब ३५ करोड ९१० मिलियन अमेरिकी डलर० ऋण, दुई अर्ब ९७ करोड ९२२ मिलियन अमेरिकी डलर० अनुदान सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थसचिव डा .रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।