काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्।
उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए ।
एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् । ०७९ को निर्वाचनमा काठमाडौं १६ मा कांग्रेका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।