काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुन तोलाको एक लाख ५० हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको आइतबार एकैदिन सुन प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको थियो। चाँदीको मूल्य पनि आज घटेको छ। आज प्रतितोला पाँच रुपैयाँ घटेर एक हजार आठसय ३५ रुपैयाँ कायम भएको छ।