काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले बुधबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएपनि गैरकानुनी रुपमा हिरासतमा राखेको भन्दै प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै प्रसाईंलाई हिरासतमा राख्नुको कारण र बन्दीसहित उपस्थित हुन आदेश दिएको हो।
सीआईबी,प्रहरी प्रधान कार्यालय नक्साल,नेपाल सरकार गृह मन्त्रालय सिंहदरबार र काठमाडौं जिल्ला अदालतलाई रिटमा विपक्षी बनाइएको छ।


