काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा छ रहेको छ भने एक युरोको खरिददर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।
त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १७ पैसा छ।
आजको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा छ।