काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्दैमा समस्याको समाधान नहुने तर्क गरेका छन् । मन्त्री खड्काले आज औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
सरकारले जुनसुकै बाटो अपनाएर पनि महशुल उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने उनको तर्क थियो ।
‘लाइन काट्ने कुरा समस्याको समाधान होइन । यदी महशुल उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ,’ मन्त्री खड्काले भने ।
साथै व्यवसायीहरूको इमान्दारिता आवश्यकता रहेको बताउँदै उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको जिकिर गरे ।
‘


