काठमाडौं । काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा ४० हजार रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ।
तर उनी तत्काल रिहा हुने भने छैनन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रसाईमाथि अर्को अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी झुठो र भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा मंसिर ५ गते पक्राउ परेका थिए।
प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिजाउँदै प्रसाईंले केही कागजात सार्वजनिक गरेका थिए।


