काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा १७ अंकले बृद्धि भएको छ । आज एक करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर किनबेचबाट आठ अर्ब ५२ करोड १२ लाख रुपैयाँमा बराबरको कारोबार भएको छ ।
दिव्येश्वरी हाइड्रोपावर र इंग्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा स्यांगे हाइड्रोपावरको सेयर मूल्य ९.५१ प्रतिशतले घटेको छ ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये सातवटाको समूहगत परिसूचक बढेको छ । ६ वटाको समूहगत परिसूचक घटेको छ ।


